काठमाडौं । निजगढ विमानस्थल निर्माणको लागि सरकार र सर्वोच्च अदालतको जुहारी परेको छ । सर्वोच्चले निर्माण नगर्न आदेश दिएको उक्त विमानस्थल निर्माण गर्न सरकारले बजेटमै समावेश गरेको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्ब ३८ करोड विनियोजन भएको छ । स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
काठमाडौं । आधिकारिक निकायबाट अनुमति लिएका संस्था र व्यक्तिले मात्रै घर जग्गाको कारोबार गर्न पाउने भएका छन। आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।
काठमाडौं । सरकारी स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको पुनसंरचना गरी पूँजी संरचना र संस्थागत क्षमता अभिबृद्धि गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।
काठमाडौं । प्रदेश र स्थानीय निकायले ४ खर्ब ४२ अर्ब बजेट पाउने भएको छ । सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट, समपुरक, समानीकरण र विशेष अनुदान अन्तर्गत यस्तो बजेटको व्यवस्था गरेको हो ।