काठमाडौं । नाडा अटोमोबाइल एसोसियसन नेपालका अध्यक्ष ध्रुव थापाले बजेट मार्फत सरकारले नेपालमा चारपाग्रे सवारीसाधन एसेम्बल उत्पादन गर्ने बाटो खुलाएको बताएका छन् ।
काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले समेत खरिद गर्न पाउने भएका छन्। सरकाले आगामी आर्थिैक वर्षको बजेटमा उक्त व्यवस्था गरेको हो।
काठमाडौं । सरकारले विदेशमा काम गर्न गएका नेपालीलाई आइपीओमा १०% आरक्षण दिने भएको छ । अब विदेशमा काम गर्न गएका नेपालीले नेपालका कम्पनीहरुले आइपीओ खुला गर्दा १०% सेयर आरक्षणमा पाउनेछन् ।
काठमाडौं । सरकारले सरकारी तथा संस्थागत ऋणपत्रहरुलाई दोस्रो बजारमा व्यवस्थित रुपमा कारोबार गर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् ।