काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गते (आज) देखि आईपीओ निष्कासन गरेकोे छ । कम्पनीले कार्यालय समयपश्चात पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । सरकारले उपत्यकाभित्र जग्गाको कित्ता काटमा काडाई गरेको छ । भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरेसँगै अब जग्गाको कित्ता काटमा नयाँ नियम लागू हुने गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो ।
काठमाडौं । काठमाडौंका बासिन्दाले अब आगामी साउन १ गतेबाट स्रोतमै फोहोर छुट्याउनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।
काठमाडौं । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले “इन्धन वचाउ पृथ्वी वचाउ”, “साइकल चलाउ इन्धन वचाउ” जस्ता नाराका साथ साईकल ¥यालिको आयोजना गरी सम्पन्न गरेको छ ।
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार काठमाडौंको बूढानीलकण्ठस्थित कालिका पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आप्mनो सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले ‘गो डिजिटल क्याम्पेन’को शुरुवात गरेको हो ।
काठमाडौं । नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्ड, सामसङले एआइ–इनेबल्ड इको बब्बल वासिङ मेशिन बजारमा ल्याएको छ ।
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
काठमाडौं । हाम्रो पात्रो एपबाट एक महिनामै १० करोडभन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिनाअघि मात्र यो सुविधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा सपिङ गर्ने पाँच जना भाग्यमानी ग्राहकले हेलिकप्टरमार्फत गोसाईंकुण्ड दर्शन गर्ने अवसर प्राप्त गरेका छन् । जिना घिमिरे, स्वर्णम जोशी, शैलेस सुवेदी, स्मिता पाण्डे र दिल सिंजापतीले टिकट जितेका हुन् ।