काठमाडौं । चितवन कोइ ग्रुपद्वारा सञ्चालित मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र दि क्लिफबीच एक समझदारी भएको छ । दि क्लिफमा आकर्षक छुट प्रदान गर्नेगरी बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन र दि क्लिफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । इलेक्ट्रिक दुई पाङ्ग्रेमा आकर्षक ‘ईभी ब्राभो’ आधिकारिक रुपमै नेपाल भित्रिएको छ । विद्युतीय दुई पाग्रेमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले हालैमात्र चिनियाँ ब्राण्डको स्कुटर ब्राभो नेपाल भित्र्याएको हो ।
काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो डेलिभरी सेवा अझ सहज सुलभ पार्न अनलाइन लजिष्टिक कम्पनी उपाय सिटी कार्गो सँग समन्वय गर्ने भएको छ । अनलाइन फुड डेलभरीमार्फत हाम्रो ग्राहकहरुको जीवन सजिलो बनाउनका लागि उपायसिटी कार्गोसँग समन्वय गर्ने भएको हो ।
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिँदै दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता भएको हो ।
काठमाडौं । क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–जनकपुर गन्तव्यमा पुनः उडान सुरु गरेको छ । काठमाडौँ–जनकपुर गन्तव्यमा आजदेखि दैनिक उडान सुरु गरिएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतनामूलक पर्ची, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क, प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।