काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो।
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल हाइड्रोपावर १ करोड ७४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी २ करोड २१ लाख ८२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौं । हिताचीले कम्पनीका अधिकृत डिलर, र हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिहरू, सञ्चारकर्मीहरुको उपस्थितिमा Meet & Greet कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौँ । अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमच्याम नेपाल) सँगको सहकार्यमा नेपालमा दिगो आर्थिक विकासलाई प्रवद्र्वन गर्न व्यवसायी र सरकारी नेताहरुसँग एकदिने कार्यशाला आयोजना गरेको छ । यस कार्यक्रममा नेपालको व्यापारिक वातावरण र लगानी नीति प्रस्तावका विषयमा छलफल भएको थियो ।
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले सर्वाधिक शक्तिशाली दाबी गरेको एन्ट्री लेभल स्मार्टफोन ‘रियलमी सी–३१’ लन्च गरेको छ । बुधवार सार्वजनिक गरिएको यस स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जुन स्ट्याण्ड बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।