काठमाडौं । भदौ महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने भएको छ । नेपाल बैंकर्स संघको आज सोमबार बसेको बैठकले भदौ महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको हो । वाणिज्य बैंकहरुले भदौ महिनामा पनि साउनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीको नाफा १४.९३% ले बढेर ७६ करोड ७८ लाख ८६ हजार रुपैयाँमा पुगेको छ ।
काठमाडौं । देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष व्यवस्था गरेको छ ।
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म १४ करोड ४९ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९८.५६ प्रतिशतले बढी हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले बढेको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार भने करिब ५६ अंकले बढेको हो ।
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिनेमध्ये ९१ हजार ३ सय ७५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।