काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको छ ।
काठमाडौं । लामो समय बक्यौता नतिरेपछि अन्तत सरकारले हेलो नेपालको लाइसेन्स खारेज गरेको छ । गत हप्ता बसेको मन्त्रीपरिषद्को बैठकले नै हेलो नेपाल खारेज गरेको हो ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । कर्जा सुरक्षण नियमावली, २०७५ दोस्रो संशोधनको अधिनमा रही सम्झौता भएको जनाएको छ ।
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई दाबीअन्तर्गत उल्लेख गरिएका उपचारको विवरण र रकम भुक्तानी गर्ने प्रक्रियालाई सहज र सरल बनाउनका लागि बीमा दाबी समीक्षा तथा मूल्याङ्कन कार्यविधि, २०७८ स्वीकृत गरी लागू गरेको छ।
काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । भदाै १ गते प्रभु क्यापिटल तथा ट्रांक्विलिटी स्पाकाबीचमा समझौता भएको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हाे । उनी अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष हुन्।
काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि कमर्सियल भेहीकलले ‘टुनल्याण्ड ई’ को सफलतापछि अपग्रेडेड भर्सन ल्याउने तयारी गरेको छ ।