काठमाडौं । टुबोर्ग ओपन २०२२ मा नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् । टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । जेसनसँगै नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् ।
काठमाडौं । नेपालभरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।
काठमाडौं । काभ्रेपलान्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ ।
काठमाडौं । कुमारी बैंकले १० (दस) वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ११% व्याजदर भएको “११% केविएल डिवेन्चर २०८९” ऋणपत्र १,००० अंकित दरको ३० लाख कित्ता निष्काशन हुनेछ ।
काठमाडौं । डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी पे मा आबद्ध हुने ग्राहकहरूले स्टार हस्पिटलको दुईवटा ओ.पी.डी. टिकट नि:शुल्क पाउने छन् र साथै बेड तथा स्वास्थ्य परीक्षणमा १०% र औषधि खरिदमा ५% सम्मको छुट पाउनेछन् ।
वालिङ । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्ड लाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ । नेपाल टेलिकम वालिङ शाखाले गत साउन २० गतेदेखि ‘एफटिटिएच’ सेवा सुरु गरेको हो ।
काठमाडौं । सरकारले भारत सरकारलाई गहुँ आयात खुला गर्न आग्रह गर्दै पत्र लेखेको छ । नेपाल मैदा उद्योग संघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्रालयले बुधबार नै यस्तो पत्र लेखेको जानकारी दिएको हो ।
काठमाडौं । काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ ।