काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुल १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
काठमाडौँ । भदौ २७, सोमबार श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा यस दिन सो आईपीओ बाँडफाँट भएको हो।
काठमाडौं । द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । कलेजका अनुसार यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् । पहिलो चारणमा विजनेशका र दोस्रो चरणमा आईटीका विद्यार्थीहरु दीक्षित भएका हुन् ।
काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पार्टनर हुने जनाइएको छ ।
काठमाडौं । सुनकोशी गाउँपालिका र एक एक पाइला फाउन्डेसन बीचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले चाड पर्वलाई लक्षित गरी ल्याएको ४ हप्ता ४ छड्के तिहलारी योजना अन्तर्गत तेस्रो हप्ताको विजेता राजेन्द्र गौतम भएका छन् । विजेता बन्दै गौतमले १ तोलाको छड्के तिलहरी प्राप्त गरेको सेल्सबेरीले जनाएको छ ।