काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको २५ औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न साधारणसभाले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
काठमाडौं । आईएमई पे र ‘फोन पे’ बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई पेका निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ र फोनपेका बिज्नेस डेभलप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे ।
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङले लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ । शेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धी उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा संचालनमा ल्याइएको कम्पनीको भनाइ छ ।
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका अनुसार हाल १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरु छन् ।
काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छन् । उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए ।
काठमाडौं । एनआईसी एशिया बैंकले वडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन यो अभियान सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।
काठमाडौं । इस्लिङटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।
काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ले ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ। काठमाण्डाैंमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो ।