काठमाडौं । सानिमा बैंकले पार्टनरसीप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) सँग साझेदारी गरेको छ । जसअनुसार बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्याँस उत्सर्जनको गणना, समीक्षा र लेखांकन गर्नेछ ।
काठमाडौं । नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा रु. १ लाख रहेकोमा त्यसलाई बढाएर अब रु. २ लाख पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा पनि केही बढाइएको छ ।
काठमाडौँ । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।
ओटीटी प्लेटफर्मले नेटफ्लिक्सको पासवर्ड शेयर गर्ने प्रयोगकर्ताहरूबाट अतिरिक्त शुल्क लिने तयारी गरेको छ। कम्पनीले प्लेटफर्मको सुस्त वृद्धिको सबैभन्दा ठूलो कारण पासवर्ड सेयरिङ भएको बताएको छ ।
काठमाडौं । नेपालका विभिन्न हिमाल आरोहणका लागि एक हजार ११९ जना विदेशीले अनुमति लिएका छन् । यस वर्षको शरद याममा विभिन्न ७६ देशका १३५ वटा टिमले हिमाल आरोहणको अनुमति लिएका हुन् ।
काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो ।
काठमाडौं । भारतको नेश्नल हाइड्रोइलेक्टिङ पावर कर्पोरेशन (एनएचपीसी)ले पश्चिम सेती सर्वेक्षणको लाइसेन्स पाएको छ । लगानी बोर्डले आज एनएचपीसीलाई आयोजना सर्वेक्षणको लाइसेन्स दिएको हो ।
काठमाडौं । धितोपत्र कारोबारमा ब्रोकरबाटै पहिलो पटक मार्जिन कारोबारको सुविधा शुरु भएको छ । नासा सेक्यूरिटिज कम्पनी लिमिटेड, स्टक ब्रोकर नम्बर ५८ ले पहिलो पटक मार्जिन कारोवार (मार्जिन ट्रेडिङ) को सुविधा शुरु गरिएको हो ।