तनहुँ । तनहुँका उद्योगी, व्यवसायीले अर्थमन्त्री र गभर्नर समक्ष ज्ञापनपत्र बुझाएका छन्। तनहुँ उद्योग वाणिज्य संघको नेतृत्वमा बिहीबार उद्योगी, व्यवसायीको टोलीले ७ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत् अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन्।