काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सेवा विस्तार गर्दै आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ३ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । चिकेन स्टेसनले २३ दिने कार्निभल सुरू भएको छ । स्टेसनले अंग्रेजी नयाँ वर्ष र क्रिस्मटसलाई लक्षित गर्दै डिसेम्बर १ देखि २३ तारिखसम्म कार्निभल सञ्चालन गर्ने भएको हो । यस्तै, स्टेसनले विश्वकपको रौनकलाई समेत लक्षित गरेको छ ।
काठमाडौं । असली हिमाली कम्पनीले प्राकृतिक रूपबाट बनेको ‘अल इन वान वास’ साबुन बजारमा सार्वजनिक गरेको छ । आफ्ना उत्पादनलाई उत्कृष्ट पहिचान दिलाउन सफल कम्पनीले प्राकृतिक जडिबुटी तथा वनस्पतिबाट उत्पादन गरेको साबुन बजारमा ल्याएको हो ।
काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ ।
काठमाडौं । नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । फाइवर इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेट विश्वकपको प्रचारणमा नेपालको लागि इन्टरनेट पार्टनरको रुपमा आवद्ध भएको हो ।
काठमाडौं । पुरा नाम ‘नयाँ दिल्ली टेलिभिजन लिमिटेड’ रहेको भारतको चर्चित टीभी च्यानल एनडीटीभीले सोमबार आफ्ना संस्थापक मालिकलाई समर्थन गर्ने कम्पनी आरआरपीआर होल्डिङ प्रालिको २९.१८ प्रतिशत शेयर अडाणी ग्रुपलाई बेचिदिएको छ ।
काठमाडौं । स्मार्ट सेल नेटवर्कले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र रु.१९ मा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् ।
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ ।वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो ।
काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’का विजेताको घोषणा गरेको छ । विजेताले कम्पनीको तर्फबाट विश्वकपको फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउनेछन् ।