काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको संयोजक र सदस्य पदका लागि १० जनाको नाम सर्टलिस्टमा परेको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई पुनः व्युँताउन गत भदौ २० गते व्यवस्थापनका लागि भन्दै १ जना संयोजक र १ जना सदस्य पदका लागि आवेदन माग गरेको थियो ।
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन)ले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का नेपाल प्रतिनिधि टेरेसा डबानसँग भेट गरेको छ । गत शुक्रबार नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा छलफलका लागि सीवीफीनका प्रतिनिधि र आईएमएफका प्रतिनिधिबीच भेटघाट भएको हो ।
काठमाडौं । फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा फ्रान्स र इङ्गल्याण्ड भिड्ने भएका छन्। आइतबार राति भएको खेलमा फ्रान्सले पोल्याण्डलाई र साेमबार बिहानकाे खेलमा इङ्गल्याण्डले सेनेगललाई पराजित गदै क्वाटरफाइनलमा स्थान बनाएको हो।
काठमाडौं । मंसिर १९ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले छैटौं पटक बैंक अफ दि इयर अवार्ड जितेको छ । बैंकले हालै मात्र प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।
काठमाडौं । मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ललितपुरमा सचेतना वाकाथनको आयोजना गरेको हो ।
काठमाडौं । जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको वार्षिक साधारणसभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
काठमाडौं । नेपालको लागि याडिया ब्राण्डका विद्युतीय स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिता वर्ल्डकप अफर घोषणा गरेको छ । विश्वकप फुटबल चलिरहेको समयमा खरिद गरिएका याडिया ब्राण्डका ई–स्कुटर खरिदकर्ताले छुट पाउनुका साथै विभिन्न प्रकारका बम्बर उपहार पनि पाउने कम्पनीले जानकारी दिएको छ ।