काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सीयल सर्भिसेज बीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।
काठमाडौं । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीमा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।
निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वकै अग्र स्थानमा रहेको राकुटेन भाइबरले २०२२ मा नेपाली प्रयोगकर्ताहरू र ब्राण्डहरूले भाइबर एप कसरी प्रयोग गरिरहेका छन् भनेर व्याख्या गर्ने मूल ट्रेण्डहरू सार्वजनिक गरेको छ ।
काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जर पश्चात आज २०७९ पौष ७ गते देखि संयुक्त कारोबार को शुभारम्भ गर्दै एक उज्वल सुरुवात गरेको छ । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२२’ को ग्राण्ड फिनाले पुस ८ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विशेष उत्सवको रुपमा आयोजना हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा स्वदेश तथा विदेशबाट
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो ।
टाटा मोटर्सले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो ईभीको मूल्य बढाउने घोषणा गरेको छ । नयाँ मूल्य जनवरीदेखि लागू हुनेछ। यी मूल्यहरू ३ देखि ४ प्रतिशतसम्म बढाइने उल्लेख छ। जसका कारण टियागो ईभीका सबै भेरियन्ट ३० देखि ३५ हजार रुपैयाँ भारुसम्म महँगो हुनसक्छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ५८१ औं बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।