काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे सो सभा बोलाएको हो।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। लघुवित्तले पुस ३० गते, शनिबार, भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाडौ । प्रतिनिधि सभाको निर्बाचन २०७९ मा समानुपातिक निर्बाचन प्रणाली मार्फत प्रतिनिधि सभाका सदस्यमा निर्बाचित भइ पद तथा गोपनियताको सपथ लिएका सांसद एकनाथ ढकालले सम्पूर्ण मतदाता, नेकपा एमाले, नेपाल परिवार दल र सुभेच्छुक सबैमा हार्दिक आभार ब्यक्त गरेका छन् ।
काठमाडौं । काठमाडौं–फिटनेस र स्पोर्टस्का सामाग्रीको अन्तराष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा पहिलो पटक अफिसियल स्टोरको शुभारम्भ गरेको छ । एन्टाले नेपालमा स्पोर्टस् भेन्चर प्रा.लि मार्फत औपचारिक बिक्री वितरण शुरु गरेको हो ।
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाण्डौंमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३ औं साधारण सभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन् ।
काठमाडौं । व्यावसायिक व्यक्तित्व र ज्योति ग्रुप अफ कम्पनीका निर्देशकको रूपमा परिचित सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ सार्वजनिक भएको छ । सङ्गीतमा गहिरो रुचि राख्ने उनको उक्त नयाँ गीत शुक्रबार बजारमा रिलिज भएको हो ।