काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ८७ अर्ब भन्दाबढि लगानीका ८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार स्वदेशी र विदेशी गरी ८७ अर्ब ८५ करोड रुपैयाँ लगानीका ८६ वटा दर्ता भएका हुन् ।
काठमाडौं । बीमाको दायरा बढ्न नसकेको भन्ने चिन्ता व्याप्त रहेको बेला एउटा सुखद तथ्याङ्क देखिएको छ। त्यो हो, गएको एक वर्षको अवधिमा अवधिमा कुल जीवन बीमालेख ४५ दशमलव ४० प्रतिशतले बढेको खबर ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।
काठमाडौं । एनआईबिएल एस क्यापिटलले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज (पुस २१ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । पुस २१ गते, बिहीबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सले भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछन्।
काठमाडौं । आईएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आईएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १६औं वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ ।
काठमाडौं । नेपाल टेलिकमले सिमकार्ड प्रयोग गर्दा आफ्नो नामको सिमकार्ड मात्रै प्रयोग गर्न आग्रह गरेको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै डिजिटल माध्यममा सुरक्षित रहन आफ्नै नाममा मात्रै सिमकार्ड प्रयोग गर्न आग्रह गरेको हो ।