मनाङ । हिमाली जिल्ला मनाङमा १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । दुई वर्ष अघिदेखि निर्माण सुरुआत गर्नुपर्ने योजना आइतबारदेखि मात्रै निर्माणको काम थालिएको हो ।
काठमाडौं । नयाँ सरकार गठनसँगै निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से चालु आर्थिक वर्ष (आव) लागेपछिकै उच्च बिन्दुमा पुगेको छ । १० जेठ २०७९ मा २२१७.१९ अंकमा बन्द भएको नेप्से सोमबार त्यसयताकै उच्च बिदुमा पुगेको हो ।
काठमाडौं । सिबिआईएल क्यापिटल लि. काे अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । पुष २४ गते बसेको १०५ औं संचालक समितिको बैठकद्वारा काफ्लेलाई अध्यक्षमा नियुक्त गरिएकाे हाे ।
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा “ट्रिब्युट टु लिजेन्ड्स” नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरुको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएको प्रष्ट पारेको छ ।
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ ।
काठमाडौं । एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गरेको छ । बैंककाे पुष २५ गते, सोमबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको २७औँ वार्षिक साधारण सभाले उक्त नगद लाभांश दिने निर्णय गरेकाे हाे ।
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन्। सोमबार दुई बैंकविच गाभ्ने तथा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।