काठमाडौं । सेयर बजारमा तीव्र उतारचढावबीच बजार परिसूचक नेप्से ०.९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ९९.४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे ७ अर्ब नाघेको छ ।
काठमाडौं । महिला लघुवित्तले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २६ पुस बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी सोको पूर्व तयारी स्वरूप नेपाली सेनाले ‘केबलकार उद्धार अभ्यास’ सञ्चालन गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सोमबार सेनाले थानकोटमा अभ्यासको आयोजना गरेको हो ।
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परिवारका सदस्यसहित सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सोमबार नेपालका लागि अमेरिकी दूतावासको सामाजिक सञ्जालमार्फत राजदूत थमसन परिवारले हेलिकोप्टर मार्फत सगरमाथा क्षेत्र भ्रमण गरेको तस्बिर सार्वजनिक गरिएको हो ।
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२३ समारोह भव्यता पूर्वक सम्पन्न गरेको छ ।
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ । ३० हजार रूपैयाँ भन्दा बढी मुल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो+ ५जि नेपाली बजारमा भित्रिएको छ ।