काठमाडौं । भारतीय सरकारी ऊर्जा उत्पादक कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) इन्डियाले जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निरीक्षण प्रतिवेदन (इन्स्पेक्सन रिपोर्ट) लगानी बोर्डलाई बुझाएको छ ।
काठमाडौं । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । केन्द्रीय बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा र ईपीएस दुबै बढेको छ।
काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । यसकम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको हो ।
काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा विद्युत चुहावाट १२.०५ प्रतिशतमा झारेको छ । गत असारसम्ममा १५.३८ प्रतिशत रहेको समग्र प्रणालीको विद्युत चुहावट ५ महिनामा ३.३३ प्रतिशतले घटेर १२.०५ प्रतिशतमामा झरेको छ ।
काठमाडौं । प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष सञ्चालक आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड र सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम) को मुख्य साझेदारीमा प्रदेश १ मा उच्च वृद्धिको सम्भावना भएका कृषि उद्यमहरूलाई लक्षित गर्दै “आध्यन्त एक्सिलेरेटर कार्यक्रम” विराटनगरमा पत्रकार सम्मेलन गर्दै
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।
काठमाडौं । संसार द्रुतगतिमा विकसित भइरहेको छ, लगभग हरेक प्रकारको व्यापार वा सञ्चार स्मार्टफोनमार्फत सञ्चालन हुने गर्दछन् । किनमेल गर्नदेखि सामाजिक सञ्जाल चलाउन, मनोरञ्जनका लागि तथा नयाँ स्थानहरू खोज्न समेत स्मार्टफोनको प्रयोग हुन्छ ।
ललितपुर–ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि माघ ७ गते (शनिबार) हुने निर्बाचनमा पेशागत तथा प्रगतिशिल कानुन ब्यवासी संघ (पिपिएलए), सामाजवादी कानुन ब्यवसायी संघ (एसपिएलए) र प्रजातान्त्रिक कानुन ब्यवसायी संघ (डिएलए) ले मिलेर संयुक्त प्यानल खडा गरेका छन् ।