काठमाडौँ । प्रविधि कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो ।
काठमाडौँ । हालसम्म २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । दोस्रो धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । यी दुई बैंकबीच नाफा कसले धेरै कामाउने भन्ने होडबोजी जस्तै चलेको देखिन्छ ।
काठमाडौं । महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवाल जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।
काठमाडौं । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई पुनः भेट गर्नु भई विद्यमान औद्योगिक र व्यवसायिक समस्याहरुको निराकरणका लागि अनुरोध गरेका छन्।
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।
काठमाडौं । आज सोनाम ल्होछार-२८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको नाफा घटेको छ । यसअवधिमा बैंकको खुद नाफा १७.३९% ले घटेर १ अर्ब १७ करोड ६ लाख ५५ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । एभिएक्सआरजी क्रिएटिभ सर्भिसेस प्राइभेट लिमिटेड नेपालले बिहीबार बानेश्वरस्थित एभरेष्ट होटलमा ‘करियर अपरट्युनिटी इन मिडिया एण्ड इन्टरटेनमेन्ट सेक्टर’ विषयक कार्यक्रम आयोजना गरेको छ।