काठमाडौँ । सुपर मादी हाइड्रोपावरले आज माघ ९ गते सोमबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो ।
काठमाडौँ । आइएमई जनरल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज माघ ९ गते सोमबार बस्दैछ । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०.७९% थोरै हो ।
काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाडौँ । कृति भेन्चर फन्डले प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव सहित माघ २२ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४३.०१% ले थोरै हो ।
काठमाडौँ । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्तसम्म १,८०० अर्ब रूपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले वृद्धी भएको छ ।
काठमाडौँ । देशको कुल व्यवसायको झन्डै ९० प्रतिशत हिस्सा साना तथा मझौला उद्योगले ओगटे पनि सरकारले यस क्षेत्रका समस्याहरू समाधान गर्न नसकेको गुनासो व्यवसायीहरूको छ। आइतबार आयोजित साना तथा मझौला व्यवसायी महासंघको बैठकमा बोल्दै महासंघका अध्यक्ष दीपकप्रसाद आचार्यले यस क्षेत्रलाई सरकारले धेरै नै उपेक्षा ग