काठमाडौं । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ ।
काठमाडौँ । सुपर मादी हाइड्रोपावरले आज माघ ९ गते सोमबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको हो ।
काठमाडौँ । आइएमई जनरल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज माघ ९ गते सोमबार बस्दैछ । सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०.७९% थोरै हो ।