काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा फाइनान्सको नाफा ऋणात्मक रहेको छ।
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्न सके नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन् ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा दुई वटा विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइड आयोजना गरेको छ ।
काठमाडौं । सोमबारदेखि सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य सुरु भएको छ । काठमाडौं केन्द्रित वैदेशिक रोजगारसम्बन्धी सबै प्रकारका सेवाहरू सोमबारदेखि सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट दिन थालिएको हो ।
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गुडविल फाइनान्सले ४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४०.७२% ले थोरै हो । गत वर्ष यसले ७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
काठमाडौं । शुभम् पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ जारी गर्न लागेको हो ।