काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम नतिरेपछि प्राधिकरणले सूचना जारी गरी रकम तिर्न ताकेता गरेको छ ।
काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आज माघ १६ गते सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका ने
काठमाडौं । माघ १६ गते, सोमबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सले भोली अर्थात माघ १७ गते बुकक्लोज गर्दैछन्।
काठमाडौं । माघ १६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त बरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडले माघ १३ गते शुक्रबारदेखि निष्काशनमा ल्याएको शेयरमा माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार आइतबार ४ः०३ बजेसम्ममा साढे ४ गुणा बढी आवेदन परेको हो ।
काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । आयोगले माघ १२ गते कम्पनीलाई हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।
काठमाडौँ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान नेपाल भित्र्याएको छ। १४ र १७ सिट क्षमतामा उपलब्द यी भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको कम्पनीले जनाएको छ ।
काठमाडौँ । नेपालको सबैभन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ राईलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यसअघि नायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफरसँग आवद्ध रहेका छन् ।