काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो ।