काठमाडौं । स्वाथ्य बीमा बोर्डले चालु आर्थिक वर्षको पुससम्ममा ६ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्ष भित्र ५ पटक गरी सो बराबरको दाबी रकम बोर्डमा आवद्ध सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो ।
काठमाडौं । दक्षिण कोरियाको विशाल प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको छ । सभा हेटौंडा ४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको हो ।
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले स्वास्थ्य-शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन् । शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शाखा खोल्ने ब्रोकर कम्पनीको चुक्ता पूँजी बढाउने भएको छ। बोर्डले शुक्रवार “धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका,२०७९” लागु गर्दै बोर्डले चुक्ता पूँजी बढाउने व्यवस्था गरेको हो।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले माई खोला हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले माई खोलालाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १९ लाख २१ ह्जार ५६८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको प्रभु क्यापिटलले गर्नेछ ।
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले देशव्यापी सघनरुपमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । जसअनुसार जनवर्गीय सङ्गठनका पदाधिकारी सदस्यहरू सहभागी प्रशिक्षणको आज पार्टी अध्यक्ष थापाले उद्घाटन गरेका छन् ।
काठमाडौं । नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा हिमालयन बैंकको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता बोनस सेयर रहेको छ ।