काठमाडौं । विश्वको अग्रणी एलिभेटर कम्पनीहरू मध्येका एक टीके एलिभेटरले रेकन समूहलाई नेपालमा बढ्दो लिफ्ट बजारलाई लक्षित गर्दै यहाँ बजार विस्तार गर्नका लागि आधिकारिक वितरक नियुक्त गरेको छ । रेकन समूहले टीके एलिभेटरका लिफ्ट, एस्केलेटर र मुभिङ वाकहरू विक्री गर्ने छ ।