काठमाडौँ । नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । यसअघि प्रस्ताव गरिएको ३८.५% बोनस सेयर संशोधन गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको संस्थाले जनाएको छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पशुपति विकास क्षेत्रस्थित पशुपति संग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन दिएकी छिन् ।
काठमाडौँ । सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा भोली देखि काठमाडौँमा सुरु हुने भएको छ । ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ सुरु हुन लागेको महासभा आगामी आइतबार सम्म चल्ने छ ।
काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत फागुन १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको विराटनगर शोरुमबाट शुरु भएर लेटाङ सम्म पुगेर समापन भएको थियो।
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था वा इसेवाको माध्यामबाट डाइनामिक क्यू आर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।
काठमाडौँ । यहीँ फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेकोे हो ।
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको छ । यसका साथै सर्वोच्च अदालतले लामिछानेलाई फेरि पक्राउ गर्नु नपर्ने समेत फैसला गरेको छ ।