काठमाडौँ । हंसराज हुलास चन्द एण्ड कम्पनीले सक्कली स्पेयर पाट्र्सबारे सचेतना फैलाउन थालेको छ । कम्पनीले बजाजका सक्कली स्पेयर पाट्र्सहरुको विक्री वितरण गर्दै आएको सन्दर्भमा बजारमा कतिपय नक्कली स्पेयरपाट्र्स समेत देखिन थालेसँगै उपभोक्ताहरुलाई सही जानकारी गराउन थालेको हो ।
मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मकवानपुरको मनहरी– ८, सिम्पानीमा अवस्थित श्री मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टरसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए ।
काठमाडौँ । ग्लोबल आइएमई बैंकले खुलाएको डिबेन्चर बाँडफाँट गरिएको छ । ५ वर्ष अवधि तथा वार्षिक ११.२५% व्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” बाँडफाट गरिएको हो ।
काठमाडौँ । चालु आर्थिक वर्षको माघसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब २३ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भन्दा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ ।