डलर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा थियो ।
आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा थियो ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा छ । हिजो बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा थियो ।
आज केही बढेको स्वीस फ्र्यांकको भाउ आज भने घटेको छ । आज स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ६० पैसा र बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा छ । हिजो स्विस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा छ ।
अष्ट्रेलियन डलरको भाउ पनि आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३ र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा थियो ।
हिजो केही बढेको क्यानेडियन डलरको भाउ आज भने घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ११ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७९ पैसा थियो ।
आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६४ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा थियो ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर





