नेटा भी गाडिको बिषयमा रातोपाटीमा प्रकाशित समाचारप्रति नेत्रलाल न्यौपानेको आपत्ती
नवलपरासी । आफ्नो नाम जोडी नेटा भी गाडीको बिषयलाई लिएर रातोपाटीमा प्रकाशित समाचारप्रति पश्चिम नवलपरासीका नेत्रलाल न्यौपानेले आपत्ती जनाएका छन् । गाडि खरिद गरिसकेपछि केही समस्या आएको तर चौधरी ग्रुपका साथीहरूसँग सम्पर्क हुनासाथ सम्मानजनक रुपमा समाधान भइसकेको बिषय मिडियामा एकतर्फी रुपमा प्रकाशन गर्नुको उदेश्य आफुले थाहा नपाएको उनले बताए ।
‘मैले आज मात्रै उक्त समाचार पढेँ । र, समाचार पढेर आश्चर्यचकित भएँ, ‘टेलिफोनमा कुरा गर्दै नेत्रलाल न्यौपानैले भने, ‘मेरो बारेमा समाचार प्रकाशित गर्दा मसँग त सोध्नु पर्ने होइन र ? समाचारमा मलाई पिडितका रुपमा प्रस्तुत गरिएको छ जबकी यो समस्या ९ महिना अघि नै समाधान भइसकेको छ । वास्तवमा भन्नुपर्दा चौधरी ग्रुपले मलाई कुनै व्यवसायिक सिमामा मात्र नरही मेरो चाहना अनुसार सम्मान गरेर म अत्यन्तै प्रसन्न छु ।’
रातोपाटी अनलाईनले कात्तिक १२ गते ‘सीजी मोटर्सको लापर्वाही र दादागिरीमाथि उपभोक्ताको जित’ शिर्षकमा समाचार छाप्दै नेत्रलाल न्यौपानेलाई पिडितका रुपमा प्रस्तुत गरेको थियो । ‘मलाई मिडियाले यसरी पनि समाचार छाप्छन् भनेर विश्वासै लागिरहेको छैन, त्यो पनि राष्ट्रियस्तरमा नाम कमाएको अनलाईनले’, नेत्रलालले दोहो¥याएर भने, ‘हामीजस्ता नागरिकलाई किन अचानो बनाईन्छ भन्ने बिषयले मलाई गम्भिर बनाएको छ । म एक प्रोफेसनल व्यक्ति हुँ । मलाई न्याय दिने उदेश्यले समाचार लेखिएको हो भने मैले उहिल्यै न्याय पाईसकेँ । वास्तविकता के हो भनेर मलाई सोध्दै नसोधी मेरो नाम किन मिडियामा ल्याइयो ? किन समस्याको बिषय मात्रै लेखियो, समाधान भएको बिषय लेखिएन ? यस बिषयमा मिडियाका बरिष्ठ सम्पादकज्यूहरूले समिक्षा गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
नेटा भी गाडि खरिद गरेपछि ब्याट्रीमा समस्या आएको थियो र यस बिषयमा केही समय छलफल भएको हो । व्यवहारमा यस्ता कुरा सामान्य हुन् भन्ने मलाई लाग्छ । जब चौधरी ग्रुप उच्च व्यववस्थापनमा रहनु भएका मेरा मित्रहरुलाई यस बारेमा जानकारी भयो उहाँहरुले मेरो इच्छा अनुसार बजार मूल्यभन्दा धेरै रकम दिएर उक्त गाडि आफैले खरिद गरिदिनु भएको हो जसका लागि मैले उहाँहरुलाई धन्यवाद दिनैपर्छ । तर अहिले हाम्रो सम्वन्धमाथि नै दरार पार्ने जस्तो गरि समाचार आएको छ ।, नेत्रलालले समाचार प्रकाशित गर्ने मिडियालाई अनुरोध गर्दै भने, ‘कृपया यस्तो नगरिदिनु होला । तपाईँहरुमाथि हाम्रो ठूलो विश्वास रहेको हुन्छ ।’




