चाडपर्वको बहार, Bajaj WEGO मा रु. ५० हजारको छुट !
काठमाडौं । बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली ग्राहकहरूका लागि नयाँ Bajaj WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा आकर्षक चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । ‘चाडपर्वको बहार, WEGO मा ५० हजार!’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले Bajaj WEGO खरिदमा रु. ५० हजारको छुट प्राप्त गर्न सक्नेछन् ।
यस योजनालाई अझ आकर्षक बनाउँदै कम्पनीले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ Bajaj WEGO खरिद गर्ने ग्राहकहरूका लागि रु. ३० हजारसम्मको अतिरिक्त मूल्याङ्कन सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकहरूको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै Bajaj WEGO मा ६ वर्ष वा १,५०,००० किलोमिटरसम्मको वारेन्टी सुविधा प्रदान गरिएको छ ।
साथै, ग्राहकहरूको खरिद प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउन Hulas Finserv Hire Purchase Ltd (HFL) लाई फाइनान्स पार्टनरका रूपमा प्रस्तुत गरिएको छ । सजिलो फाइनान्सका साथसाथै ३६ महिने (EMI) सुविधाले ग्राहकलाई अझ सरल बनाएको पनि कम्पनीले जनाएको छ ।
नयाँ Bajaj WEGO इलेक्ट्रिक तीनपाङ्ग्रे मा आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर, लिथियम आयन (LFP) ब्याट्री प्रविधि, आरामदायी यात्रा तथा कम सञ्चालन खर्च प्रमुख विशेषताहरू रहेका छन् ।
Bajaj WEGO ले पूर्ण चार्जमा करिब १३० देखि १४० किलोमिटरको व्यावहारिक रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा इको तथा पावर राइडिङ मोड, रिजनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता आधुनिक प्रविधिहरू समावेश गरिएका छन् । यी सुविधाहरूले दैनिक व्यावसायिक प्रयोगका लागि सवारीसाधनलाई अझ व्यावहारिक, सुरक्षित र भरपर्दो बनाउँछन् ।
योजनासम्बन्धी थप जानकारी, लागू हुने सर्तहरू तथा उपलब्धताका लागि ग्राहकहरूले नजिकैको आधिकारिक Bajaj तीनपाङ्ग्रे सवारीसाधन शोरुममा सम्पर्क गर्न सक्नेछन् ।




