यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । आज सोमबार अस्ट्रेलियन डलर, युरो लगायत कतिपय मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, पाउन्डसहित कुवेती, बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर भने स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा छ । त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा छ ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा छ ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा छ । आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।




