वाणिज्य बैंकहरूको नाफा पौने ९ अर्ब, नबिल अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा वाणिज्य बैंकहरूले पौने ९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आवको साउन महिनामा कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
यो रकम गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा ४.२३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । नबिल बैंकले साउनमा ८८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा २३.२८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ८१ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ३.७० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । बैंकको नाफा १५.८० प्रतिशतले बढेर ७३ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ६३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, कुमारी बैंकको नाफा ११.१० प्रतिशतले बढेर ५४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आवमा बैंकले ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६.१५ प्रतिशतले घटेर ५२ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बेंकले ५५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
प्राइम बैंकको नाफा ३.३४ प्रतिशतले बढेर ५२ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लक्ष्मी सनराइज बैंकको नाफा २५.९८ प्रतिशतले बढेर ४९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एभरेष्ट बैंकको नाफा १.७१ प्रतिशतले बढेर ४९ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ४८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एनएमबी बैंकको नाफा २.६३ प्रतिशतले बढेर ४७ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ४६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सिद्धार्थ बैंकको नाफा ७.०१ प्रतिशतले बढेर ४२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ४० करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कृषि विकास बैंकको नाफा १०२५४.४० प्रतिशतले बढेर ३८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सानिमा बैंकको नाफा १.९१ प्रतिशतले घटेर ३८ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
प्रभु बैंकको नाफा ८.९५ प्रतिशतले बढेर ३२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नेपाल बैंकको नाफा ४४.१६ प्रतिशतले घटेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
हिमालयन बैंकको नाफा ३३.२४ प्रतिशतले घटेर २ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
माछापुच्छ्रे बैंकको नाफा २.८५ प्रतिशतले बढेर २ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सिटिजन्स बैंकको नाफा ४.८४ प्रतिशतले घटेर २ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले २ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
एनआईसी एसिया बैंकको नाफा ३०.५८ प्रतिशतले घटेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा २४.९४ प्रतिशतले घटेर २ करोड ३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नेपाल एसबीआई बैंक नाफा १०.६९ प्रतिशतले बढेर १ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।



