मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक
काठमाडौं । सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालि (एसएनभीपीएल)ले नयाँ ‘मङ्गलदीप सेन्ट ३ इन १’ अगरबत्ती सार्वजनिक गरेको छ। नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध—‘एब्सोल्युट’, ‘रोयाल’ र ‘इन्टेन्सिटी’—एउटै प्याकमा समावेश गरिएको कम्पनीले जनाएको छ।
परम्परागत सुगन्ध र आधुनिक अनुभवलाई संयोजन गर्दै मङ्गलदीप सेन्ट ३ इन १ नेपाली उपभोक्ताको बदलिँदो रुचि तथा जीवनशैलीलाई ध्यानमा राखेर विकास गरिएको कम्पनीको भनाइ छ। चारकोलरहित हुनुका साथै लामो समयसम्म टिकिरहने सुगन्ध यसका प्रमुख विशेषता रहेको जनाइएको छ।
एउटै प्याकमा तीन फरक सुगन्ध उपलब्ध भएकाले उपभोक्ताले आफ्नो रुचि, मुड तथा अवसरअनुसार सुगन्ध छनोट गर्न सक्नेछन्।
सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तायलले नयाँ उत्पादनले नेपाली उपभोक्ताका लागि नवीन र सोच-विचारपूर्वक तयार पारिएका उत्पादन ल्याउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए।
उनका अनुसार परफ्युमबाट प्रेरित तथा चारकोलरहित सुगन्धमार्फत उपभोक्तालाई थप आनन्ददायी दैनिक अनुभव प्रदान गर्ने उद्देश्य राखिएको छ। सेन्ट ३ इन १ सार्वजनिक गर्नुले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता बुझ्दै उत्पादनमा निरन्तर लगानी गर्ने कम्पनीको प्रतिबद्धतालाई पनि पुष्टि गर्ने उनको भनाइ छ।
मङ्गलदीप अगरबत्तीको क्षेत्रमा लामो समयदेखि स्थापित ब्रान्डका रूपमा रहँदै आएको छ। नयाँ सेन्ट ३ इन १ मार्फत ब्रान्डले परम्परागत सुगन्धसँग आधुनिक सुगन्ध अनुभवलाई जोड्दै आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गरेको छ।
मङ्गलदीप सेन्ट ३ इन १ रु. १०० र रु. २०० का प्याकमा उपलब्ध हुनेछ। उत्पादन नेपालभरका किराना पसल, जनरल ट्रेड तथा मोडर्न ट्रेड आउटलेटमा पाइने कम्पनीले जनाएको छ। मङ्गलदीपको पोर्टफोलियोमा चन्दन, चम्पा, अर्पण, ज्यास्मिन, म्यारिगोल्ड र ल्याभेन्डरलगायत विभिन्न सुगन्धका अगरबत्ती उपलब्ध छन्।



