हुन्डाईको ‘फेस्टिभ ड्राइभ’ : ३ लाखसम्म नगद छुट, ५ लाखसम्म जित्ने अवसर
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठको अवसरमा विशेष योजना ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले गाडी खरिदमा ३ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्। साथै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ।
यस्तै, गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र एक वर्षको निःशुल्क रोड ट्याक्स सुविधा पाउनेछन्।
कम्पनीका अनुसार प्रत्येक हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध छ। यसले ग्राहकलाई गाडी खरिदपछि थप सुविधा र सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।
‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ भदौ २३ गतेदेखि लागु भएको कम्पनीले जनाएको छ। योजनाअन्तर्गतका अफर तथा सुविधाको लाभ लिन ग्राहकले नजिकैको हुन्डाई शोरुममा सम्पर्क गर्न सक्नेछन्।



