प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन
काठमाडौं । देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लि. ले सामाजिक उत्तरदायित्व अन्र्तगत आज देशको सातै प्रदेशमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।
यहि क्रममा सातै प्रदेशमा रहेका बैंकका शाखा कार्यालयहरु ः बाग्मती प्रदेशमा केन्द्रिय कार्यालय बबरमहल र नारायणगढ शाखा, चितवन ; कोशी प्रदेशमा विराटनगर शाखा ; मधेस प्रदेशमा सिमरा शाखा ; गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, पोखरा ; लुम्बिनी प्रदेशमा बुटबल शाखा ; कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदुर–पश्चिम प्रदेशमा धनगढी शाखा गरी एकै समयमा केन्द्रिय कार्यालय सहित बैकका ८ वटा शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा सातै प्रदेशमा सहभागीहरु बाट ३२१ पिन्ट रगत संकलन भएको छ । यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको ४० लाख ८० हजार ५० पचास रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे थियो ।
त्यसैगरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ व्याग समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहिन नागरिकहरुहरुको शीघ्र उद्धार तथा घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै विपदबाट प्रभावित सम्पपुर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ ।
प्रभु बैंकले विपद्को यस कठिन घडिमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिने प्रतिबद्घता व्यक्त गरेको छ ।



