ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बुटवलमा ‘शान्तिको योगदान एवम् श्रद्धाञ्जलि सभा’को आयोजना
बुटवल । रसुवा, भोटेकोशी, नुवाकोट, धादिंग, चितवन लगायतका विभिन्न क्षेत्रमा अचानक आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपदका कारण आईपरेको अकल्पनीय विपत्ति र त्यसबाट ज्यान गुमाउनु भएका दिवंगत आत्माहरुको चीर शान्तिकाे कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय बुटवलमा शान्तिको योगदान एवम् श्रद्घाञ्जलि सभा आयाेजन गरियाे ।
गम्भिर राष्ट्रिय संकट र विपत्तिको यस घडीमा बज्रपात सहन विवश शोक सन्तप्त परिवारजन, ईष्टमित्र तथा सम्पुर्ण प्रभवित क्षेत्रका दाजुभाई तथा दिदी बहिनीहरु प्रति हार्दिक समवेदना प्रकट गरियो ।
राष्ट्रिय संकटको यस गम्भिर घडीमा सम्पूर्ण नेपाली एकसूत्रमा आबद्ध भई परस्पर सहयोग, सद्भाव र सेवामा लाग्न जरुरी भएको महशुस गरि प्रधानमन्त्रि दैविप्रकाेप उद्धार काेषमा रु. ७ लाख १८ हजार १ सय ८० रुपैयाँ जमा गरि पठाउने निर्णय गरिएको छ।




