हिमालयन ८०–२० को लाभांश घोषणा
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना हिमालयन ८०–२० को लाभांश घोषणा भएको छ।
हिमालयन क्यापिटलको भदौ १७ गते बेलुकी बसेको सञ्चालक समितिको बैठकले हिमालयन ८०–२० का इकाईधनीहरूका लागि कर सहित १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

