सिद्धार्थ प्रिमियरद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आर्थिक सहयोग स्वरुप १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ ।
रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो मानविय तथा भौतिक क्षति भएको विषम परिस्थितिमा प्रभावित जनसमुदायको लागि राहत, उद्धार र पुनःस्थापनाको लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वरावरको चेक कम्पनीका सञ्चालक हसना शर्माद्धारा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
यस अघि २०८१ सालमा आएको वाढीवाट प्रभावितको लागि ५१ लाख र जेन्जी आन्दोलनको क्रममा क्षति भएको राष्ट्रिय सम्पदा पुनःनिर्माणको लागि १ करोड १ लाख प्रदान गरेका थियो भने यी घटनाहरुबाट क्षति भएका सम्पत्तीहरुको बीमा दाबी पनि यथासमयमा फर्छयौट गरी दावी भुक्तानी गरेको छ ।

