हिमालयन लघुवित्तद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५ लाख सहयोग
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग लगायत आसपासका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ ।
संस्थाले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
साथै, बाढीका कारण घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

