सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
काठमाडौँ । २०८३ भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि **सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड**ले रु. ६० लाख आर्थिक सहयोग गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत **राजकुमार अर्याल**ले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६० लाखको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको पनि उपस्थिति थियो ।
कम्पनीले विपद्मा परी ज्यान गुमाएका नागरिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै मृतकका आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त सहयोगले राष्ट्रिय विपद्को सामना गर्न तथा प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा थप सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

