नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी
काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारी गणेशप्रसाद अवस्थीलाई दिइएको छ । सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले नायब महाप्रबन्धक अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।
उनीसँग बैंकिङ क्षेत्रमा साढे २ दशक भन्दा बढीको अनुभव रहेको छ ।
उनी ६ वर्षअघि ग्लोबल आईएमई बैंकबाट सहायक महाप्रबन्धकका रुपमा नबिल बैंक प्रवेश गरेका थिए ।
बैंकिङ क्षेत्रमा विशेषगरी अपरेसन, जोखिम व्यवस्थापन र कर्जा व्यवस्थापनमा उनको अनुभव रहेको छ। व्यवस्थापन तथा अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका अवस्थीले हार्वर्ड बिजनेस स्कुलबाट रणनीति विषयसम्बन्धी कोर्ससमेत पूरा गरेका छन्।


