नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा योग्य तथा अनुभवी जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कलेजकाे चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन अनुभवी सहायक प्राध्यापक/लेक्चरर, स्टाफ नर्स सहित इन्जिनियरहरू समेत माग गरेकाे हाे ।
शुक्रबार एक सूचना प्रकाशित गरी कलेजले सहायक प्राध्यापक/लेक्चरर, विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको जनाएकाे छ ।
सहायक प्राध्यापक/लेक्चरर पदका लागि ग्यास्ट्रोएन्टेरोलोजी मेडिसिन, कार्डियोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर तथा न्युरोलोजीमा डीएम/एमडी (५ वर्षे) तथा सम्बन्धित फेलोसिप प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, रेडियोडायग्नोसिस (इन्टरभेन्सनल रेडियोलोजी), बायोकेमिस्ट्री, फरेन्सिक मेडिसिन तथा मेडिकल इमेजिङ टेक्नोलोजी सम्बन्धी शैक्षिक योग्यता भएका उम्मेदवारका लागि पनि अवसर खुला गरिएको छ । विद्युत् इन्जिनियर, बायोमेडिकल इन्जिनियर, क्याथ ल्याब प्राविधिक, स्टाफ नर्स तथा डेन्टल हाइजिनिस्ट पदका लागि सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता, व्यावसायिक दर्ता तथा लाइसेन्स प्राप्त गरेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने र उम्मेदवारहरूले तोकिएको योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्ने बताइएकाे छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले नेपाल मेडिकल कलेजको करियर पोर्टलमार्फत अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । साथै, आफ्नो बायोडाटा तथा आवश्यक कागजात career@nmcth.edu मा इमेलमार्फत पठाउन सकिनेछ ।
उम्मेदवारहरूले आवेदन दिनुअघि सम्बन्धित पदका लागि तोकिएका योग्यता, अनुभव तथा अन्य आवश्यक सर्तहरू ध्यानपूर्वक अध्ययन गर्नुपर्नेछ । कलेजले गुणस्तरीय स्वास्थ्य सेवा, उत्कृष्ट चिकित्सा शिक्षा र करुणामय सेवाका लागि समर्पित हुँदै स्वास्थ्य क्षेत्रमा समर्पित हुने चाहने दक्ष जनशक्तिलाई आफ्नो संस्थासँग जोडिन आह्वान गरेको छ ।


