वाइफाई नेपालले ल्यायो ‘होम सिरिज’ अन्तर्गत पाँच नयाँ इन्टरनेट प्याकेज
काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइफाई नेपालले ग्राहकको आवश्यकता र आधुनिक जीवनशैलीलाई लक्षित गर्दै नयाँ ‘होम सिरिज’ सार्वजनिक गरेको छ। कम्पनीले यस सिरिजअन्तर्गत जेडटीई डुअल ब्यान्ड राउटरसहित विभिन्न गतिका पाँचवटा इन्टरनेट प्याकेज बजारमा ल्याएको हो।
कम्पनीका अनुसार घरमा प्रयोग हुने उपकरणको संख्या, इन्टरनेटको आवश्यकता र ग्राहकको बजेटलाई ध्यानमा राखेर नयाँ प्याकेज तयार गरिएको हो । होम सिरिजअन्तर्गत ८० एमबीपीएसको ‘स्मार्ट प्याक’, १२० एमबीपीएसको ‘पावर प्याक’, १६० एमबीपीएसको ‘पावर प्लस प्याक’, २०० एमबीपीएसको ‘स्पिड प्याक’ र ३०० एमबीपीएसको ‘स्पिड प्लस प्याक’ रहेका छन्।
कम्पनीका अनुसार ८० एमबीपीएसको प्याकेज विद्यार्थी, साना परिवार तथा सामान्य इन्टरनेट प्रयोगकर्ताका लागि उपयुक्त छ। १२० एमबीपीएसको प्याकेज सीमित संख्यामा उपकरण प्रयोग गर्ने परिवारलाई लक्षित गरिएको छ भने १६० एमबीपीएसको प्याकेज धेरै उपकरण प्रयोग हुने ठूला परिवारका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ।
त्यस्तै, २०० एमबीपीएसको प्याकेज अनलाइन गेमिङ तथा घरबाटै काम गर्ने प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको छ। ३०० एमबीपीएसको प्याकेज भने घर, कार्यालय, व्यावसायिक काम तथा उच्च गतिको इन्टरनेट आवश्यक पर्ने प्रयोगकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले होम सिरिजको उद्देश्य सुलभ मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउनु मात्र नभई गुणस्तरीय, भरपर्दो र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्नु रहेको जनाएको छ। यसका लागि इन्टरनेट कभरेज, राउटरको गुणस्तर, सेवाको स्थिरता, प्रयोगकर्ता अनुभव तथा ग्राहक सेवामा विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ।
नयाँ सिरिजमा समावेश गरिएको जेडटीई डुअल ब्यान्ड राउटरले २.४ गिगाहर्ज र ५ गिगाहर्ज दुवै ब्यान्डमा इन्टरनेट सञ्चालन गर्न सकिने सुविधा दिने कम्पनीले जनाएको छ। राउटरको उच्च क्षमताले घरका विभिन्न स्थानमा इन्टरनेटको कभरेज सुधार गर्नुका साथै एकैपटक धेरै उपकरणमा इन्टरनेट प्रयोग गर्दा पनि स्थिर र भरपर्दो सेवा दिन सहयोग गर्ने कम्पनीको दाबी छ।

