लुम्बिनी विकास बैंकको नाफा ८५ करोड १० लाख रुपैयाँ, अन्य सुचक कस्ता ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आवको असार मसान्तसम्म बैंकले ८५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २५२.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद फी तथा कमिसन आम्दानी भने २० करोड ६० लाख रुपैयाँबाट घटेर १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन मुनाफा १०८.५० प्रतिशतले बढेर १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा ५८ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा २३३.८९ प्रतिशतले बढेर ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४३ लाख रुपैयाँ रहेको थियो । यस आधारमा बैंकको लाभांश क्षमता १६.९९ प्रतिशत रहेको छ ।
३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा ३ अर्ब ५० करोड ५५ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
बैंकले ५७ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरि ४७ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको खराब कर्जा ६.९४ प्रतिशत, आधारदर ५.४८ प्रतिशत, कस्ट अफ फण्ड ३.९५ प्रतिशत कायम भएको छ ।
बैंकले १३ करोड ५० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । अघिल्लो आवमा भने बैंकले इम्पेयरमेन्ट चार्जका लागि ७७ करोड ८७ लाख छुट्टाएको थियो ।
बैंकको प्रतिसेयर आम्दानी पनि २३.४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१३.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.५८ गुणा र तरलता अनुपात २७.८९ प्रतिशत कायम भएको छ ।

