नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच उपचार शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । साउन १८ गते उक्त सम्झौता भएको हो ।
सो सम्झौता बमोजिम पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुले विरामी दर्ता र चेक अपमा १०० प्रतिशतसम्म र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १० देखि २० प्रतिशत सम्म छुट हुने भएकोे छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक रोशन लुईँटेलले हस्ताक्षर गरेका छन् । । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र कर्मचारीहरुले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालबाट प्रदान गर्ने उच्चस्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पुर्याई प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ ।
बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

