सिद्धार्थ बैंकको नाफा ४.५४ प्रतिशतले बढ्यो
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यो अवधिमा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा ४.५४ प्रतिशतले धेरै हो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँबाट १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकलेको सञ्चालन नाफा १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ११ अर्ब ९ करोड ८६ लाख रुपैयाँ ।
बैंकको सञ्चालन मुनाफा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७० करोड ५६ लाख रुपैयाँ छ ।
बैंकको प्रतिसेयर आम्दानी २३.०६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.६६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ ।
चुक्ता पुँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ छ ।
बैंकले ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

