सबै पक्षलाई संयम भएर सहिष्णुताका साथ अगाडि बढ्न राष्ट्रिय व्यावसायिक पहलको अपिल
काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (NBI) ले हालै पूर्वी नेपाल तथा मधेश लगायतका क्षेत्रमा देखिएको सामाजिक द्वन्द्व र अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्पूर्ण पक्षलाई संयमता, संवाद र सहिष्णुता अपनाउन जोडदार आह्वान गरेको छ।
शान्ति बिना दिगो विकास र समृद्धिको कल्पना गर्न नसकिने स्पष्ट पार्दै संस्थाले राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि अपिल जारी गरेको छ।
विज्ञेप्तिमा भनिएको छ “NBI सम्पूर्ण पक्षलाई संयमता, संवाद र सहिष्णुताका साथ अघि बढ्न आग्रह गर्दछ। शान्ति नै समृद्धिको आधार हो। तराई–मधेशसहित देशभरका सबै नागरिक, समुदाय, सामाजिक तथा राजनीतिक नेतृत्व, व्यवसायी, युवा, नागरिक समाज, सञ्चार माध्यम तथा सम्पूर्ण नेपालीलाई धार्मिक सद्भाव, सामाजिक एकता र स्थायी शान्ति कायम गर्न NBI हार्दिक अपिल गर्दछ।”

